हाम्रो प्रतिवद्धता

नयाँ नेपालको समावेशी रेडियो
नेपाल एफएम 91.8 को प्रतिबद्धता

हाम्रा आधारभूत मान्यताहरूः
परम्परागत मूल्य र मान्यतामा आधारित हुँदै सञ्चालन भइरहेको नेपाली मिडियाले नयाँ, समावेशी, सामाजिक न्यायमा आधारित, सम्पन्न र आधुनिक लोकतान्त्रिक गणतन्त्र नेपाल अनुकूल बनाउन सबैभन्दा पहिले आफैलाई समयअनुसार फेर्न आवश्यक छ भन्ने तथ्यलाई मनन गर्दै, नयाँ नेपाल निर्माणका निम्ति विचारको बहुलता, साँस्कृतिक बहुलता, अभिव्यक्ति तथा भाषिक विविधता, नेपालका सबै जातजाति र भौगोलिक क्षेत्रको समानुपातिक र समान विकास, आत्मसम्मानको रक्षाका साथै नयाँ लोकतान्त्रिक सँस्कृतिको विकास तथा प्रबर्द्घन गर्न प्रतिवद्ध मिडियाको विकास हाम्रो देश तथा समाजको अपरिहार्य आवश्यकक्ता भएको स्वीकार गर्दै, सूचना, सञ्चार र आम सञ्चारमाध्यमहरूलाई खाली नाफा कमाउने उद्देश्यले मात्र सञ्चालन गरिने र सीमित व्यक्ति, संस्था वा सरकारको हातमा रहेका आम सञ्चारमाध्यमहरूले जनहितको पक्षमा काम गर्न नसक्ने विश्वासअनुसार नेपाल एफएम 91.8 को स्वामित्व र सञ्चालन प्रक्रियालाई धेरैभन्दा धेरै पारदर्शी र सहभागितामूलक बनाउँदै लैजाने प्रतिवद्धता प्रकट गर्दै, आम सञ्चारमाध्यममा रहने अदृश्य तथा विदेशी लगानी र सहयोग अन्ततः नेपाल र नेपाली जनताको स्वाभिमान, स्वतन्त्र निर्णय जनहितको पक्षमा हितकारी नहुने र अहिले का माडौँ र का माडौँ बाहिरका मिडियाहरूबीच देखापरिरहेको विभेद,     शहर र गाउँ, सुगम र दुर्गम ाउँबीच उपलब्ध अति सूचना र सूचनाहीनताको खाडल स्वीकार गर्न नसकिने दिशामा अग्रसर     भएको मान्यताका आधारमा, नेपाल एफएम 91.8 तल लेखिएअनुसारको भावना, मर्म र सिद्धान्तका आधारमा सञ्चालन गरिने कुरा हामी सार्वजनिकरुपले प्रतिवद्धता प्रकट गर्दछौँ-
   
निर्देशक सिद्धान्तहरूः

१ सामाजिक उत्तरदायित्व
हामी ान्दछौँ- नेपाल एफएम 91.8 सञ्चालन गर्नुको प्रमुख प्रेरक तत्व मुनाफा नभएर सामाजिक उत्तरदायित्व हो । यस अर्थमा लगानी, त्यसबाट प्राप्त हुने प्रतिफल वा मुनाफाभन्दा पहिले आफूले पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई हामी प्राथमिकता दिनेछौँ ।

२  सर्वसाधारणको पहुँच
हामी आम सञ्चारमाध्यममाथि आम जनसमुदायको र्सवसुलभ पहुँच हुनुपर्दछ भन्ने मान्यता राख्दछौँ । यसका निम्ति सम्भव भएसम्म प्रस्तुतिमा सरलता र विविधता, भाषामा विविधता, सूचना प्राप्त गर्ने प्रविधिमा सरलता, सुलभतातर्फनेपाल एफएम ढज्ञ।ड सधै प्रयत्नशील रहनेछ ।

३ छनोटको अधिकारको सम्मान
आफूलाई मनपर्ने र विश्वास लाग्ने आम सञ्चारमाध्यम छान्न पाउनु स्रोताको नैर्सर्गिक अधिकार हो । ूलो लगानी, व्यापक आर्थिक, राजनीतिक र एकाधिकारपुर्ण प्रभावका कारण आफूले पढ्न, सुन्न वा हेर्न नचाहेका विषयवस्तु पढ्न, सुन्न वा हेर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण हुनहुन्न भन्ने हाम्रो मान्यता छ ।
थोरै र प्रभावशाली ूला सञ्चारमाध्यमहरूका ाउँमा धेरै र साना आम सञ्चारमाध्यमको विकल्प जनतामा उपलब्ध हुनुपर्दछ भन्ने भावनासँग सहमत नेपालका जुनसुकै रेडियोहरूसँग मिलेर काम गर्नु हाम्रो प्राथमिकता हुनेछ ।

४ पारदर्शिता
आफूले सूचना पाउने आम सञ्चारमाध्यमको मालिक को हो - कति र के उद्देश्यका साथ लगानी गरिएको छ, सम्बन्धित सञ्चारमाध्यम कसले सञ्चालन गरिरहेको छ र कसले नियन्त्रित गर्दछ भन्ने कुरा जान्न पाउने हाम्रा स्रोताको अधिकारलाई पुर्णसम्मान गर्ने प्रतिबद्धता प्रकट गर्दै हामी हाम्रो सञ्चालन परिपाटीलाई संस्थागत ढाँचा निमार्ण  सार्वजनिक गर्दछौ ।

५ स्वतन्त्रता
 हामी सदा जनहितको पक्षमा स्वतन्त्र आम सञ्चारमाध्यमको पक्षपाती छौँ र रहनेछौँ । हाम्रो स्वामित्व, नियन्त्रण वा सञ्चालनमा रहेको मिडियालाई अधिकतमरूपमा व्यापारिक, दलगत र राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र राख्न हामी सदा प्रयत्नशील रहनेछौँ ।
कुनै पनि आम सञ्चारमाध्यम स्वतन्त्र हुनका निम्ति आत्मनिर्भरता सबैभन्दा महत्वपुर्ण  कुरा हो । त्यसैले वैचारिक स्वतन्त्रताका निम्ति आर्थिक आत्मनिर्भरता हाम्रो सञ्चालन पद्धतिको प्रमुख आधार हुनेछ ।

६ सम्मान
नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक देश हो । नेपाल एफएम 91.8 ले कुनै पनि जाति, भाषा र धर्मलाई हेप्ने, हेला गर्ने र भेदभाव गर्नेछैन- सम्मानपुर्ण व्यवहार गर्नेछ ।

७ लैङ्गिक समानता
नेपाल एफएम 91.8 लैङ्गिक संवेदनशील रेडियो स्टेशन हो । सकारात्मक विभेदबाहेकका भेदभाव हाम्रो स्टेशनमा हुनेछैन । सञ्चालनका हरेक क्षेत्र र पक्षमा लैङ्गिक समानता हाम्रो प्रतिवद्धता हो ।

८ धर्म निरपेक्षता
हामीद्वारा सञ्चालित माध्यमहरू स्वयम्मा पुर्णत: धर्मनिरपेक्ष हुनेछ । कुनै धर्मलाई बढावा दिने र कुनै धर्मलाई हेला-होँचो गर्ने किसिमका सामग्री प्रचारित वा प्रसारित गरिनेछैन ।

९ समावेशीकरण
 नयाँ नेपाल निर्माणका निम्ति राज्यको पुनःसंरचना, लोकतान्त्रीकरण र पछि पारिएका क्षेत्र, जाति र समुदायको समावेशीकरणसँग सम्बन्धित सामग्री प्रसारण नेपाल एफएम 91.8 को उच्च प्राथमिकताको क्षेत्र हुनेछ ।

१० वैज्ञानिक दृष्टिकोण र लोकतान्त्रिक सस्कृतिको प्रवर्द्धन
नेपाल एफएम 91.8 ले जीवन र जगतका सम्बन्धमा जीवनवादी वैज्ञानिक दृष्टिकोणलाई प्रकाशित र प्रसारित गर्नेछ । अन्धविश्वासी र भाग्यवादी तुल्याउने, परलोकको लोभ र त्रास देखाउने, चरम उपभोक्तावादी, विश्वव्यापीकरण तथा कथित आर्थिक उदारवादरूपी जालझेल र चलखेलको विपक्ष र आफ्ना स्रोताको आत्मसम्मान, स्वाभिमान, आत्मनिरभरता, आत्मगौरव र आत्मविश्वासको पक्षमा अभिमत सिर्जना गर्ने सामग्री प्रसारणतर्फहामी सदा प्रयत्नशील रहनेछौँ ।
पतीत, भ्रष्ट, पतोन्मुख र प्रतिगामी सँस्कृति र चिन्तन प्रणालीका साथै बजारलाई सबै कुरा सुम्पने विकृत सँस्कृतिका ाउँमा नयाँ संस्कृतिको प्रवर्द्धनतर्फ हामी सदा लागिरहनेछौँ ।

११ जननिगरानी स्वीकार
घोषित सिद्धान्त, मान्यता र प्रतिवद्धताअनुसार हामीले काम गरिरहेका छौँ कि छैनौँ, के हामीले हाम्रा स्रोतालाई हानी-नोक्सानी पुर्‍याउने सामग्री त प्रवाहित गरिरहेका छैनौँ भन्ने कुरामा हामीमाथिको जननिगरानीलाई हामी स्वागत गर्नेछौँ । गल्तीहरूलाई नम्रतापुर्वक स्वीकार गर्दै सच्याउनेछौँ र भ्रमहरूलाई प्रतिकार गर्नेछौँ ।

१२ सहकर्मीको व्यवहार
हाम्रा माध्यममा काम गर्ने कुनै पनि पत्रकार र कर्मचारीलाई हामी कामदारको नभएर सहकर्मीको व्यवहार गर्नेछौँ । हाम्रो माध्यमको सुसञ्चालन र हामीद्वारा घोषित सिद्धान्त, मान्यता र प्रतिबद्धताको कार्यान्वयन हाम्रा माध्यममा काम गर्ने पत्रकार र कर्मचारीको कडा मिहिनेतका कारण नै सम्भव भएको हो भन्ने कुरा हामी कहिल्यै बिर्सनेछैनौँ ।

१३ असमानता घटाउन निरन्तर प्रयत्नशील रहने
हामी का माडौँमा सञ्चालित माध्यम र का माडौँ बाहिरबाट सञ्चालित माध्यमबीचको स्रोत, साधन, जनशक्ति सूचनालगायतको बढ्दो विभेदका विषयमा सचेत छौँ । यसलाई घटाउँदै लैजान का माडौँ बाहिरका क्षेत्रीय र स्थानीयस्तरका माध्यमहरुसम्म स्रोत, साधन, प्रविधि, जनशक्ति र सम्भावित सहयोग पुर्‍याउँदै तथा वर्तमान विभेदलाई कम तुल्याउँदै लैजान मिलेर काम गर्नेछौँ । का माडौँमा रहेका माध्यमहरुले यसका निम्ति विशेष भूमिका र पहल गर्नुपर्ने कुरालाई हामी स्वीकार गर्दछौँ ।

१४ नयाँ मूल्य, मान्यता र प्रणालीको विकास
निष्पक्षता, वस्तुनिष् ता, सत्यता र सन्तुलनको सन्दर्भमा नयाँ नेपालको लोकतान्त्रिक सँस्कृति अनुकूल हुने प्रणालीलाई अझ ोसरूपमा परिमार्जित र विकसित गर्न हामी प्रयत्नशील रहनेछौँ ।

१५ दुरूपयोग हुन नदिइने
हामी हाम्रा माध्यमहरूलाई नेपाल, नेपाली जनता, लोकतन्त्र र जनआन्दोलनको भावनाविपरीत कसैबाट पनि प्रयोग गर्न वा प्रयोग हुन दिनेछैनौँ ।

रेन्वो एफएम प्रा.लि.
नेपाल एफएम 91.8 का तर्फवाट

विष्णुहरि ढकाल                                                                                                  खेमराज पन्त
प्रवन्ध निर्देशक                                                                                                    अध्यक्ष

आजको विशेष कार्यक्रम
सम्पादकीय
हाम्रो प्रतिवद्धता

परम्परागत मूल्य र मान्यतामा आधारित हुँदै सञ्चालन भइरहेको नेपाली मिडियाले नयाँ, समावेशी, सामाजिक न्यायमा आधारित, सम्पन्न र आधुनिक लोकतान्त्रिक गणतन्त्र..

More

Follow Us On