हाम्रो परिचय


पृथ्वी जगतमा मानव जातिले आर्जन गरेको ज्ञान र चेतना, विकास गरेको प्रबिधिले पृथ्वी जगतका यावत जीव, वनस्पतिलगायत सबैको हित र कल्याण गरोस । कसैको पनि अहित नगरोस । मानव स्वार्थका कारण उत्पन्न हुने विकृतिका कारण संसार दुःखी छ । सुखको विस्तार र दुःखको अन्त्य गर्न पर्याप्त मात्रामा सूचना र विचार तथा अभिव्यक्तिको आवश्यक्ता पर्दछ भन्नेमा हामी विश्वास गर्दछौं ।

सुन्दर नेपाललाई सम्बृद्ध र शान्त  वनाउने नेपाली चाहना यथार्थमा परिणत गर्न स्वतन्त्र, निष्पक्ष र सक्रिय रुपले मानव जीवनका हरेक पक्षमा पर्याप्त रुपमा सूचना र विचार तथा अभिव्यक्ति सञ्चार गर्ने उद्देश्यले  तत्कालीन समयमा सबैभन्दा उपयोगी माध्ययमको रुपमा रहेको एफएम रेडियो प्रबिधि प्रयोग गरेर उद्देश्य प्राप्त गर्न रेन्वो एफएम प्रा.लि.को स्थापना गरिएको हो ।
२०६० साल असोज १ गते तत्कालीन सरकारवाट एफएम रेडियो स्टेशन स्थापना गरी नागरिकको सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सेवामा सक्रिय हुन इजाजत प्राप्त भएको थियो । रेन्वो एफएम प्रा.लि.ले सञ्चालन गर्ने एफएम रेडियोको नाम नेपाल एफएम राखियो । २०६१ भाद्र १० गतेबाट नेपाल एफएमले परिक्षण प्रसारण शुभारम्भ गर्यो । एक सय दिनको परिक्षण प्रसारण पुरा गरेर २०६१ मंसिर १८ गतेका दिन काठमाडौ स्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित एक भव्य समारोहकाबीच तत्कालीन प्रधानमन्त्री श्री शेरवहादुर देउवाले नेपाल एफएम 91.8 को कलसाइन वजाई यसको नियमित प्रसारणको शुभारम्भ गरिएको थियो ।
विहान ६ः०० वजेदेखि राति १०ः०० वजेसम्म हरेक घण्टा घण्टामा समाचार प्रसारण गर्ने, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक विषयहरुमा समसामयिक विचार र नीति विश्लेषण गर्ने, कार्यक्रमहरुमा श्रोता सहभागीता भएको नेपालको पहिलो समाचार र विचार प्रधान रेडियो पनि नेपाल एफएम नै हो ।
तत्कालीन समयमा नेपालका ५० प्रतिशतभन्दा धेरै नागरिक पढ्न लेख्न जान्दैनथे । पत्रपत्रिकाहरु जिल्लामा पुग्न पनि निकै समस्या थियो । पुगेको ठाउँमा पनि दैनिक पत्रिका किनेर पढ्न सक्ने मानिस निकै थोरै थिए । पढ्न लेख्न नजान्ने, पत्रिका किन्ने श्रोत नहुनेलगायत गाउँका कुनाकन्दरा होस वा राजधानीको मध्य शहर होस जहाँ सुकै वस्ने नागरिकलाई एकसाथ समाचार, सूचना र विचार सुनाउने मात्र होइन उनीहरुको सूचना र विचार समेत समेट्न सक्ने एफएम रेडियो प्रबिधि आफैंमा एउटा क्रान्ति थियो ।
केन्द्रीकृत शासन प्रणालीका कारण सूचना र शक्ति काठमाडौमा केन्द्रीत छ । काठमाडौं वाहिर सञ्चालित रेडियोहरुलाई काठमाडौंको सूचनामा पहुँच आवश्यक छ भने काठमाडौंलाई गाउँ गाउँको सूचना आवश्यक छ । यहि आवश्यक्ता परिपुर्ति गर्न काठमाडौं वाहिरका एफएम रेडियोहरु र काठमाडौंको नेपाल एफएमबीच सञ्जाल निर्माण गरी सहकार्य गर्ने महत्वपूर्ण काम सम्पन्न भयो । नेपाल एफएम नेटवर्क नेपालको पहिलो राष्ट्रिय रेडियो नेटवर्क वन्न पुग्यो । तत्कालीन समयमा यो नेपालको सबैभन्दा धेरै भूगोल र जनसंख्यामा प्रसारण सेवा पुगेको रेडियो स्टेसन भयो । शुरुवातको समयमा तत्काल रहेका १४ रेडियो स्टेसनसँग सहकार्य गरेकोमा अहिले १५० रेडियो स्टेसनहरु नेपाल एफएम नेटवर्कमा आवद्ध छन् । अहिले नेपालको ९० प्रतिशत भूगोल र जनसंख्यामा नेपाल एफएम नेटवर्कको प्रसारण पुगेको छ ।
संघर्ष र उपलव्धि
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणामार्फत २०४७ सालको संबिधानले प्रदान गरेका नागरिक अधिकारहरु निलम्वन गरी सम्पूर्ण शक्ति आफूले लिएपछि नेपालका स्वतन्त्र सञ्चारमाध्यमहरुमा हस्तक्षेप ग¥यो । स्वतन्त्र रेडियोहरुमा नेपाली सेना खटाएर गीतसमेत सेनाले छानेर वजाउन थाल्यो । विशुद्ध मनोरञ्जन वाहेक कुनै सामग्री प्रसारण नगर्नु भन्ने सूचना जारी गरेर देशलाई अन्धकारमा धकेल्ने काम भयो । स्वतन्त्र रेडियो वचाउ आन्दोलन, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघलगायत राजनीतिक दलहरुको आन्दोलनमा प्रत्यक्ष सहभागी भएर नेपाल एफएमले शाही शासनविरुद्ध शशक्त जनमत निर्माण गर्न भूमिका निर्वाह ग¥यो । शाही आदेश उलङ्घन गरी समाचार प्रसारण गरेको निहुँमा शाही सरकारले नेपाल एफएमको इजाजत खारेज गर्ने कार्वाही अघि वढायो । सरकारको कारवाहीविरुद्ध नेपाल एफएम सर्वोच्च अदालत गयो । सर्वोच्च अदालतले नेपाल एफएमले संबिधान प्रदत्त नागरिक हकको निम्ति सूचना प्रसारण गर्न पाउने हुदाँ कारवाही नगर्नु भन्ने आदेश दिएपछि शाही सरकारलाई निकै ठूलो धक्का लाग्यो । नेपाल एफएमले देशभरका रेडियोहरुमा समाचार र विचार प्रधान कार्यक्रमहरु सञ्चालन गर्न उत्प्रेरित गरेर शाही निरंकुशताको अन्त्य गर्न तथा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निम्ति पर्याप्त सूचना र विचार संप्रेषण ग¥यो । नेपाल एफएम २०६२÷०६३ को एक अगुवा सञ्चार माध्यमको रुपमा आमनागरिकले विश्वास र भरोसा गरेको सञ्चार माध्यम हो ।
२०६२÷०६३को जनक्रान्ति पछि जनक्रान्तिका उपलव्धिहरु संस्थागत गर्न संबिधानसभावाट संबिधान निर्माणको निम्ति नेपाल एफएमले अभियान सञ्चालन ग¥यो । संबिधानसभालाई जनमत थाहा दिन र आमजनतालाई संबिधानसभाको गतिविधिहरु थाहा दिन मात्रै होइन संबिधानसँग सम्वन्धित विभिन्न विषयहरुमा विज्ञ, विशेषज्ञहरुको विचार, जनताका विचारहरु सम्प्रेषण गरेर ज्ञान विज्ञानको प्रचारप्रसार र जनमत निर्माणमा नेपाल एफएमले अतुलनीय योगदान गरेको छ । पहिलो संबिधानसभा संबिधान निर्माण गर्न असफल भएपछि उत्पन्न अन्योल र प्रतिगमनकारी षडयन्त्र चिर्न आवश्यक सूचना र विचार प्रवाह गर्दै संबिधानसभाबाटै संबिधान निर्माणको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
नेपालको आन्तरिक मामिलामा भइरहेको विदेशी हस्तक्षेप, उत्तर र दक्षिणका दुई छिमेकी मूलुकप्रति नेपालले गरेको असमान व्यवहार, अमानवीय नाकावन्दीलगायत विषयहरुमा नेपाल एफएमले स्पष्टसँग सूचना र विचार सम्प्रेषण गर्दै आइरहेको छ ।
नेपाल एफएम नेटवर्क के हो ?
नेपाल एफएम 91.8 नीति निर्माणको थलो अर्थात राजधानी काठमाण्डौं उपत्यकामा प्रसारण केन्द्रित भएको रेडियो स्टेशन भए पनि यो देशब्यापी रुपमा प्रसारण पहुँच भएको नेटवर्क रेडियो स्टेशन हो ।
काठमाण्डौं उपत्यकावाहिर बिभिन्न स्थानमा रहेका स्वतन्त्र रेडियो स्टेशनहरुसँग द्विपक्षीय, बहुपक्षिय सम्बन्ध स्थापना गरी रेडियो कार्यक्रम आदान प्रदान गर्न नेटवर्क निर्माण गरेर आफ्ना समाचारहरु र सान्दर्भिक कार्यक्रमहरु स्थानीय रेडियो स्टेशनहरुमार्फत प्रसारण गर्ने र स्थानीय रेडियोहरुले उत्पादन गरेका समाचार र कार्यक्रमहरु देशभर फैलाउने काम गर्दछ । नेपाल एफएम नेटवर्क नेपालको पहिलो दोहोरो सञ्चार प्रणाली हुनुका साथै स्थानीय समाचार र विषयबस्तुहरु राष्ट्रियकरण गर्ने पहिलो संयन्त्र पनि हो । नेपाल एफएमले आफ्नो स्थापनाकाल अर्थात २०६१ देखि नै नेटवर्क रेडियो स्टेशनको रुपमा निरन्तर कार्य गर्दै आईरहेको छ । नेपालको प्रायः सवै भूभाग र नागरिक माझ नेपाल एफएम नेटवर्कको पहुँच स्थापना भईसकेको छ ।
वर्तमान समयमा उपलव्ध अत्याधुनिक प्रबिधि प्रयोग गरेर नेपाल एफएम नेटवर्क अनलाईन पत्रिका, मोवाइल एप्समा पनि उपलव्ध छ । अव यो एफएम रेडियोसहितको डिजिटल सञ्चारमाध्यमको रुपमा संसारभर उपलव्ध छ ।
नेपाल एफएमका कार्यक्रमहरु
नेपाल एफएम मूलतः समाचार र विचार प्रधान रेडियो स्टेशन हो । आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण यसको लक्ष हो । राष्ट्रिय एकता सुदृढिकरण, साँस्कृतिक सद्भावको विकास, समावेसी सिद्धान्तको अनुगमन, महिला हिंसाविरुद्धमा जनमत निर्माण, लोकतन्त्र, मानवअधिकारको अनुगमन, सुशासन र पारदर्शीताको निम्ति अभियान, स्थानीय तहको विकास गतिविधिहरु लगायत दिगो विकास, समसामयिक विषयहरु र नीति निर्माण एवं निर्णय तहको ध्यान आकर्षित गर्न नेपाल एफएम 91.8 प्राथमिकताका साथ काम गर्दछ । साथसाथै नेपालको लोकसंस्कृतिको विकास र प्रवद्र्धन हुने गरि गीतसंगीत र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दछ ।
काठमाडौं बाहिरको आवाज काठमाण्डौँमा
काठमाडौंमा तयार गरिएका समाचार र कार्यक्रमहरु काठमाडौं बाहिर पु¥याउने सञ्चारमाध्यम प्रशस्त भए पनि काठमाण्डौँ वाहिरका समाचार काठमाडौँमा महत्वका साथ तुरुन्त सम्प्रेशण गर्ने माध्यम नभएको महशुस गरेर नेपाल एफएम 91.8 ले स्थापनाकाल अर्थात २०६१ देखि नै हरेक दिन काठमाडौं बाहिरका समाचार र घटनाहरु स्थानीय रेडियोहरुको सहयोगमा समेटेर प्रत्यक्ष समाचार  कार्यक्रम  प्रसारण गर्ने गर्दछ ।


सबै उमेर समुहका निम्ति कार्यक्रम
नेपाल एफएम ढज्ञ।ड ले कार्यक्रम डिजाइन गर्दा सबै उमेर  समुह, सबै पेशागत समुदायतर्फ लक्षित केहि न केहि कार्यक्रम रहने गरी  डिजाइन गर्नेतर्फ ध्यान पु¥याउन प्रयत्न गरिएको छ ।


सार्वजनिक हित र  सरोकारका कार्यक्रमहरु
प्राकृतिक  श्रोत र साधनमाथि  जनताको अधिकार, जनस्वास्थ्य शिक्षा,  साहित्य, उपभोक्ता हितलगायतका विविध सार्वजनिक हित र सरोकारका कार्यक्रमहरु नेपाल एफएम ढज्ञ।ड  ले सञ्चालन गर्दै आएको छ ।


गीत र सङ्गीत
समाचार, समीक्षा तथा सार्वजनिक हित र सरोकारका कार्यक्रमहरु प्रसारण नभएको समयमा नेपाल एफएम ढज्ञ।ड   बाट  गीत   सङ्गीत प्रसारण  भइरहेको हुन्छ । देशका विभिन्न क्षेत्र संस्कृतिको प्रतिनिधित्व गर्ने लोकगीत, विभिन्न कालखण्डको प्रतिनिधित्व गर्ने आधुनिक गीत र गीत  संङ्गीतका अन्य  विधाहरु नेपाल एफएम ढज्ञ।ड  ले समेट्ने गरेको । राम्रा गीत सङ्गीतकोे छनौटका निम्ति  सङ्गीतविज्ञ जनशक्तिको विशेष व्यवस्था नेपाल एफएम 91.8 ले गर्ने गरेको छ ।


रेडियो स्टेसन स्थापना, जनशक्ति विकास र कार्यक्रम निर्माणमा सहयोग
नेपाल एफएम ढज्ञ।ड नियमित कार्यक्रम प्रसारण गर्ने काम वाहेक देशका विभिन्न ठाउँमा उपयुक्त हुने गरी रेडियो स्टेशन डिजाइन गर्ने, रेडियो स्टेशन स्थापना गर्ने, सञ्चालन गर्ने, कार्यक्रम निमार्ण गर्ने, बजार व्यवस्थापना गर्नेलगायतका कार्यहरुमा समेत सहयोग  पु¥याउने र तालिम दिने गर्दछ । ३५ भन्दा धेरै रेडियो स्टेशनमा नेपाल एफएमले यस्तो तालिम दिइसकेको छ ।  यो बाहेक रेडियोलाई आवश्यक पर्ने जनशक्ति तयार गर्न एक छुट्टै तालिम विभाग समेत सञ्चालनमा रहेको छ । हरेक बर्ष विभिन्न  विषयमा गरी कम्तिमा २०० जनालाई तालिम दिने गरिएको छ ।


सेवा  वस्तु  प्रवर्द्धनको अद्वितीय माध्यम
नेपाली जनतामाझ नेपाल एफएम 91.8 ले बनाएको ठाउँ, लोकप्रियता र प्राप्त गरेको आधिकारिता सम्वन्धमा जानकारी राख्ने जोकसैले भन्न सक्छ । नेपाल एफएम ढज्ञ।ड  मार्फत सेवा वा वस्तुको प्रर्वद्धन वा विज्ञापन स्वयंममा एक अवसर हो ।  काठमाडौं उपत्यका र आसपासका  जिल्लाहरुमा बस्ने करिव ५५ लाख जनसंख्याबीच आफ्नो तरङ्ग पु¥याएको नेपाल एफएम विज्ञापन, सूचना सम्प्रेशण र जनचेतना अभिवृद्धिको निम्ति अद्धितिय माध्यम हो ।


नेपाल एफएमले देशभरका १५० भन्दा धेरै  स्थानिय रेडियोहरुसंग नेटवर्क गरी विज्ञापनको निम्ति राष्ट्रिय च्यानल निर्माण गरेको छ । देशभर प्रसारण हुने कार्यक्रममा निर्धारित समयमा प्रसारण गरिएको सूचना, विज्ञापन वा सञ्चार सामाग्री देशभरका प्रायः सबै  नागरिकले सुन्न सक्छन् । नेटवर्क रेडियोका स्रोताहरु जोडेर हुन आउने स्रोता संख्या लगभग  पुरै नेपाली र संसारभर जुनसुकै स्थानमा बसोबास गर्ने व्यक्तिले अनलाइनमा पनि सुन्न सक्छन । सचेत विज्ञापनदाता, राष्ट्रिय जनचेतना अभियानका  अभियन्तालगायत मिडियाको आवश्यक्ता पर्ने जुनसुकै व्यक्ति वा संस्थालाई पुरानो सोच त्यागेर प्राप्त अपूर्व अवसर उपभोग गर्न हामी अनुरोध गर्दछौँ ।
हामी यो पनि जानकारी गराउँदछौँ कि यति ठुलो अवसरको निम्ति लाग्ने लागत  निकै थोरै  अवसरको निम्ति गरिँदै आएको खर्चभन्दा पनि निकै थोरै छ । नेपाल एफएमको विज्ञापन विभागले तपाँईलाई काठमाडौं वा चाहेको  जुनसुकै स्थानिय क्षेत्रको निम्ति स्थानिय रेडियो र आवश्यक परेको स्थानिय मिडियाबाट विज्ञापन गर्ने  सबैभन्दा सानो इकाईको काम, कुनै जिल्ला, अञ्चल वा विशेष  क्षेत्रको निम्ति आवश्यक मिडिया परिचालनदेखि नेपालका प्रायः सबै रेडियो र मिडियाबाट  व्यावसायिक सेवा लिन व्यावसायिक परामर्श र सेवा प्रदान गर्ने काम समेत गर्दछ ।