सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबलको उपाधि न्यु डायमण्डलाई, प्रतिभा सर्वोत्कृष्ट खेलाडि

0

माघ २०, काठमाडौं ।
चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड एकेडेमीले जितेको छ ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा १५–२५ ले पहिलो सेट गुमाएको न्यु डायमन्ड दोस्रो सेटमा खेलमा फर्किदै २५–२३ ले आफ्नो पक्षमा पार्यो । न्यु डायमन्ड तेश्रोे सेटमा पनि हावी भयो । स्पाइकर प्रतिभा मालीसँगै डिफेन्सले उत्कृष्ट प्रदर्शन गरेको न्यु डायमन्ड टोलीले तेस्रो सेट २५–१६ ले जित्दै एपीएफमाथि दबाब बढायो र खेल २–१ को स्थितिमा पु¥यायो । एपीएफले पनि हार मानेन । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै चौथो सेट आफ्नो पक्षमा पा¥यो । चौथो सेटको सुरुदेखि नै दबाब बनाएको एपीएफले न्यु डायमन्डलाई २५–१६ मा रोक्दै खेल दुई÷दुईको स्थितिमा पु¥यायो । पाँचौं तथा निर्णयक सेटमा न्यु डायमन्ड फेरि खेलमा फर्कियो । पाँचौं सेटको कोर्ट परिवर्तन हुँदा ८–५ ले अगाडि रहेको न्यु डायमन्डले त्यसपछि लगातार अंक बटुलिरह्यो र १५–१२ ले सेट जित्दै उपाधि चुम्यो ।

खेलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै एपीएफका प्रशिक्षक प्रकाश थपलियाले रिसिफ र डिफेन्स कमजोर भएका कारण खेल हार्नु परेको बताए । ‘मुख्य कमजोरी रिसिफ र डिफेन्समा भयो । काउन्डर अट्याकमा पनि हामी सफल हुन सकेनौं’ थपलियाले भने ।

विजेता टोली न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले खेलाडीहरु उच्च मनोबलका साथ खेलेकाले उपाधि जित्न सकेको बताए । ‘हाम्रा सबै खेलाडीले उत्कृष्ट खेल खेले । एपीएफको मुख्य हतियार स्पाइक र ब्लकलाई सफल हुन नदिंदा न्यु डायमन्डले खेल जित्न सफल भयो’, प्रशिक्षक राईले भने ।

पुरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडीका साथै फाइनल खेलको वुुमन अफ द म्याच पनि चुनिन । उनले यामाहा कम्पनीको स्कुटर प्राप्त गरिन् । त्यस्तै विधागत रुपमा उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकरमा एपीएफकै नेविका चौधरी र उत्कृष्ट सेटर एपीएफकै बिनिता बुढाथोकी घोषित भइन भने न्यु डायमन्डका कृपा अधिकारी उत्कृष्ट सर्भर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स चुनिए । उत्कृष्ट कोचको उपाधि न्यु डायमन्डका कुमार राईले जिते । विधागत उत्कृष्ट खेलाडीले नगद ५÷५ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता न्यु डायमन्ड एकेडेमीले २ लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता एपीएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त ग¥यो ।

विहीबार नै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको पश्चिमाञ्चल भलिबल टोलीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

पुलिसविरुद्ध पश्चिमाञ्चलले २५–२१, २५–२१ र २५–१७ को नतिजा निकाल्यो । तेस्रो स्थानका लागि भएको खेलको वुमन अफ द म्याच पश्चिमाञ्चलकी मञ्जु गुरुङ भएकी थिइन् ।

Share.

Leave A Reply