सरकार बिस्तार हल्लामात्रैः प्रबक्ता कार्की

0

माघ २, बिराटनगर ।
सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले तत्काल सरकार बिस्तारको कुरा हल्ला मात्र भएको वताउनु भएको छ ।

ब्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयक पास गर्नका लागि वहुमत पु¥याउन सरकार पुनर्गठन हुने हल्ला चलिरहेका बेला सरकारका प्रवतmा समेत रहेका मन्त्रि कार्कीले यस्तो बताउनुभएको हो ।

बिराटनगर विमानस्थलमा आइतबार पत्रकारहरु उहाँले सरकार पुनर्गठन हुने संभावना नरहेको दावी गर्नुभयो ।

मन्त्री कार्कीले सरकारले केही दिनभित्रै सवै दलको सहमतिमा स्थानीय तहको निर्वाचनको मिति घोषण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

निर्वाचनका लागि भित्री तयारी पूरा भएको भन्दै उहाँले दलीय सहमतिवाट मिति घोषणा गरिने बताउनुभयो ।

Share.

Leave A Reply