भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन हुने

0

माघ २, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका सिइओ पोखरेलले भूकम्प प्रभावित जिल्लामा घुम्ती सिवर मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

 

Share.

Leave A Reply