भारतको गंगा नदीमा डुंगा डुब्दा २३ को मृत्यु, लिवियामा १०० बेपत्ता

0

माघ २, काठमाडौं ।
भारत बिहारको राजधानी पटनाको गंगा नदीमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

क्षमता भन्दा बढी यात्रु रहेकाले डुंगा डुबेको प्रहरीले जनाएको छ । घटनामा १० जनालाई सुरक्षित निकालिएको छ । डुंगामा ४० जना रहेको अनुमान छ ।

सबलपुर दियाराबाट पटना घाटका लागि छुटेको डुंगा हिजो बेलुका गंगा नदीमा डुबेको पटनाका एसपी चन्दन कुशवाहाले जानकारी दिनुभयो ।

बिहारका मुख्य मन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले बेपत्ताको खोजी तथा घाइतेको उपचार र राहत कार्यलाई तीब्र बनाउन निर्देशन दिनुभयो ।

१०० सयभन्दा धेरै आप्रवासी वेपत्ता

लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा आप्रबासी चढेको डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी बेपत्ता भएका छन ।
अहिलेसम्म आठ जनाको शव फेला परेको जनाइएको छ ।

चार जनालाई जीवितै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए ।
उनीहरु कुन देशका नागरिक थिए भन्ने खुलेको छैन ।

द्वन्द्वग्रस्त देशका बासिन्दा आप्रवासीका रुपमा युरोप प्रवेश गर्ने क्रममा अधिकांश डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।

गएको हप्ता लिबिया र इटलीको तटीय क्षेत्रबाट भूमध्य सागर पार गर्न लागेका ५ सय ५० आप्रवासीको उद्धार गरिएको थियो ।

यो बर्ष मात्रै एक हजारभन्दा बढी आप्रवासी युरोप प्रवेश गरिसकेका छन् ।

Share.

Leave A Reply