पुनर्निर्माणलाई गति दिन प्राधिकरणको सिइयो फेरेको गृहमन्त्रीको जिकिर

0

माघ २, काठमाडौं ।

भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार भन्ने नाराका साथ आइतबार १९ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

बि सं १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाले दिवसका अवसरमा राजधानीमा गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रि एवं गृहमन्त्री विमलेन्द्र निधिले पुनःनिर्माणको कामलाई तीव्रता दिन पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताउनुभयो ।

Share.

Leave A Reply