टेनिसकी एनीलाई करातेमा स्वर्ण

0

माघ २, काठमाडौं ।
लनटेनिस खेलाडी एनी माथेमाले नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेकी छन् ।

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको महिला ५५–६० केजीको फाइनलमा नेपालकी एनीले नेपालकै मनीषा खड्कालाई पराजित गर्दै स्वर्ण जितिन् ।

एनीकी जुम्ल्याहा बहिनी क्याथ्रिनले पनि प्रतियोगितामा १ रजत र १ कांस्य पदक हात पार्न सफल भइन् । क्याथ्रिन पनि लनटेनिस खेलाडी हुन् ।

जुनियर महिला एकल कातामा नेपालकी स्निग्धा जोशी, जुनियर पुरुष एकल कातामा नेपालका सुसन, महिला ५०–५५ केजीमा नेपालकी जस्मिन खड्का, सिनियर पुरुष कातामा चेकोस्लाभियाका कृष, पुरुष ६०–६५ केजीमा नेपालका सुनील थारु, पुरुष २५–३० केजीमा नेपालका समिर तामाङ, पुरुष ३५–४० केजीमा नेपालका सुसन देवान, महिला ३५–४० केजीमा नेपालकी स्नेहा कार्की, पुरुष २०–२५ केजीमा नेपालका गौरव तामाङ तथा पुरुष ३०–३५ केजीमा नेपालका रजिन लामाले स्वर्ण जिते ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको सिनियर महिला कातामा भारतकी खुश्बु बर्गाडे, महिला ४५–५० केजीमा नेपालकी महिमा सिंह, महिला ४०–४५ केजीमा नेपालकी सुनीता गुरुङ, पुरुष ४०–४५ केजीमा नेपालका अंकित श्रेष्ठ तथा पुरुष ४५–५० केजीमा नेपालका प्रकाश मगरले पहिलो स्थान हात पारे ।

विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आयोजक संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

Share.

Leave A Reply