एमालेले संबिधान संशोधन बिधेयक पारित गर्न नदिने, मेची–महाकाली अभियान शुरु गर्ने

0

माघ २, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयक पारित गर्न नदिने अडान कायम राखेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी समिति बैठकले पेलेर संसदमा टेबुुल गरिएको विधेयक पारित हुन नसक्ने निश्कर्ष निकालेको छ ।

एमालेले २०७४ माघ ७ गतेभित्र तीन तहकै चुनाव गर्नुपर्ने भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न पनि सरकारसँग माग गरेको छ ।

स्थायी समितिले अस्ति न्यायपरिषदले गरेको उच्च अदालतको न्यायाधीश सिफारिसप्रति पनि आपत्ति जनाएको छ ।

सचिब प्रदिप ज्ञवालीले श्रेष्ठले मनोमानी ढंगले न्यायालयकै स्वतन्त्रतामा आँच आउने गरी न्यायाधीश नियुक्ति गरिएको निश्कर्ष निकालिएको बताउनुभयो ।

बैठकले पुुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेकोप्रति असन्तुष्टी जनाएको छ ।

एमालेले आउँदो फागुन २१ देखि १५ दिनसम्म मेची महाकाली मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Share.

Leave A Reply