एनसेलसंग तीन महिनाभित्र लाभकर उठाउन सरकारलाई लेखा समितिको निर्देशन

0

माघ २, काठमाडौं ।
व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले एनसेलको विक्रिको पुँजीगत लाभकर तीन महिना भित्र उठाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

समिति सचिवालय सिंहदरवारमा आइतबार बसेको बैठकले एनसेलको सेयर खरिद÷बिक्री प्रकरणमा भएको लाभमा लाग्ने पुँजीगत लाभकर उठाउन भनेको हो ।

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थसचिव शान्तराज सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भैरहेको जानकारी दिनुभयो ।

समितिको बैठकमा उपस्थित सांसदहरुले एनसेलले तिर्नुपर्ने कर पूर्ण रुपमा भुक्तान नगरी फोरजी सञ्चालन प्रक्रिया रोक्न पनि माग गरेका छन् ।

ब्यवस्थापिका संसद अर्थ समितिले पनि एनसेलको पूँजीवृद्धि लगायत नयाँ योजना रोक्न यसअघि नै निर्देशन दिइसकेको छ ।

Share.

Leave A Reply