पुनर्निर्माण प्राधिकरणका सिईयो ज्ञवालीलाई हटाउने सरकारको निर्णय

0

पुस २१, काठमाडौं ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले कानुनी अड्चन बारे महान्यायाधिवक्ताको कार्यालयसँग थप छलफल गर्ने निर्णय गरेको हो ।
ज्ञवालीलाई नियुक्ति गर्दा पाँच वर्षे कार्यकाल रहने प्रावधानका कारण महान्यायाधिवक्तासँग सरकारले परामर्श गर्न लागेको हो ।
सरकारले बर्खास्त गरेको सार्बजनिक भए पनि आफूले अहिलेसम्म औपचारिक जानकारी नआएको ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –“साँझ पाँच बजेसम्म म कार्यालयको काममा सदा झै व्यस्त भएँ । कार्यालय समयसम्म पत्र आएको जानकारी मलाई छैन ।“
यसैगरी, सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

 

बैठकले प्रदेश, संघ र स्थानीय तहको कार्य विस्तृतिकरण र अधिकार सूचि अध्ययनका लागि आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ ।
सडक विस्तारको कामका लागि एशीयाली विकास बैंकले दिएको २० अरव २८ करोड रुपैयाँ अनुदान सहायता स्वकृत गरिएको छ ।
सरकारले ताप्लेजुङको खोकलिङका बन संरक्षणका क्रममा हत्या गरिएका गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी सडक दुर्घटनामा परी निधन भएका खेलकुद प्रशिक्षक बासुदेव भट्टराई र कर्णबहादुर खडकाका परिवारलाई जनही १० लाखका दरले क्षेतिपूर्ति दिने निर्णय भएको छ ।
मन्त्रीपरिषद बैठकले टर्कीको राजधानी इस्तानबुलमा कार्यरत अवैतनिक राजदुत फात्मा गुल्सेनी मालपोचको समयावधि थप गर्ने निर्णय गरेको छ ।
सरकारले काठमाडौको बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद, पंचकर्म तथा योग सेवा केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।

Share.

Leave A Reply