उपत्यकामा खानेपानीको उचित ब्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

0

पुस २१, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं उपत्यकामा खानेपानीको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा उहाँले ठूला ग्राहकहरुले तिर्न बाँकी महशुल रकम तत्काल असुलउपर गर्न पनि निर्देशन दिनुभयो ।
सर्वसाधारण जनतालाई महिनापिच्छै बिलको रसिद थमाए पनि पहुँचवालाहरुको भने अहिले पनि ठूलो रकम तिर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री दाहालले विद्युत महसुल तिर्न नसकेकाहरुलाई सरकारले महसुल उठाउन सुरु गरे जस्तो खानेपानीमा समेत बक्यौता उठाउने अभियान चलाउन निर्देशन दिनुभएको हो ।

Share.

Leave A Reply