संशोधन विधेयकबिरुद्धको रिटमा सरकार पक्षले बहस गर्दै

0

काठमाडौं, १८ पुस ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दैै दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सरकार पक्षबाट बहस हुनेछ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा हिजो रिट निबेदकको तर्फबाट बहस भएको थियो ।
हिजो रिट निवेदक अधिवक्ता टीकाध्वज खड्काका तर्फबाट अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।
अधिवक्ता खड्काले गएको मङ्सिर १५ गते र पूर्वसांसद मञ्चका तर्फबाट पूर्वसांसद विष्णुबहादुर राउतसहित पाँच जनाले संविधान संशोधन गर्ने र सीमा हेरफेर गर्ने अधिकार व्यवस्थापिका–संसद्लाई नभएको भन्दै मङ्सिर १६ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
संशोधन प्रस्ताव संवैधानिक वा असंवैधानिक छ भन्नेमा दुइटा मुख्य तर्क छन् ।
संविधानले प्रदेशको सीमा परिवर्तन गर्नुपरे प्रदेश सभाले अनुमोदन गर्नुपर्ने भन्छ ।
त्यही हुनाले संसदले एकपटक तय भइसकेको सीमा प्रदेश सभाको अनुमोदनबिना परिवर्तन गर्न सकिन्न भन्ने रिट निवेदकको तर्क छ ।
संविधानको धारा २७४ मा प्रदेशको सीमा परिवर्तन गर्दा प्रदेश सभाको बहुमतबाट स्वीकृत हुनुपर्ने उल्लेख गरिएको छ ।

Share.

Leave A Reply