मधेसी मोर्चाको खबरदारी सभा

0

काठमाडौं, १८ पुस ।
संसदमा दर्ता भएको संबिधान संशोधन बिद्येयक तत्काल पारित गर्नुपर्ने मागसहित मधेशी मोर्चाले सोमबार तराईका जिल्लाहरुमा खवरदारी जुलुस निकाल्दै छ ।
जिल्ला सदरमुकामहरुमा दिउँसो १ बजे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले बिरोध प्रर्दशन गर्न लागेका हुन् ।
बिद्येयक दर्ता भएको भोलीपल्ट देखि नै प्रमुख प्रतिपक्षी एमाले सहितका ९ दलले संसद चल्न नदिएर संशोधन प्रस्तावलाइ निश्क्रिय पार्न खोजेको बिरोधमा मोचाले प्रर्दशन गर्न लागेको सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमनले जानकारी दिए ।

Share.

Leave A Reply